जावलाखेल युथ क्लबलाई प्रभु बैंकको साथ

0

काठमाडौं, २९ मंसिर । सहीद स्मारक ए डिभिजन लिग खेल्न लागेको जावलाखेल युथ क्लबलाई ‘प्रभु बैंक’ले प्रायोजन गरेको छ । यो सँगै क्लबको नाम ‘प्रभु जावलाखेल युथ क्लब’ हुने छ ।

१ वर्षका लागि गरेको प्रायोजनबापत प्रभु बैंकले २५ लाख रुपैयाँ प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । २०३९ सालको लिगमा दोस्रो र २०६७ सालको लिगमा तेस्रो स्थान हात पार्नु नै जावलाखेलले हासिल गरेको ठूलो उपलव्धि हो ।

यो लिगमा उत्कृष्ट नतिजा निकाल्ने लक्ष्यका साथ जावलाखेलले तीन जना विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ भने सिक्किमबाट अर्का एक जना खेलाडी ल्याउन तयारी पनि गरेको जनाइएको छ ।

प्रभु बैंकले प्रायोजन गरेवापत यो बर्ष जावलाखेलका खेलाडीले लगाउने जर्सीको अघिल्लो भागका बैंकको लोगो अंकित हुने छ । जावलाखेलले यस सिजनको लिगका लागि एपीएफबाट रुपबहादुर लामा, ब्रिगेड ब्वाईजबाट दिलेन लोक्ताम, नेपाल पुलिसबाट हरि कठायत र सुरज घिमिरेलाई पनि टिममा आवद्ध गरेको छ ।

जावलाखेलको टिमः
कुलदीप कार्की (कप्तान), टेकेन्द्र थापा, अरुण ब्लोन, सुशील कुमार यादव, मनिष पौडेल, सिमान्त थापा, निरबहादुर आले, विमल घिसिङ, सुजित बुढाथोकी, गौतम श्रेष्ठ, सुरज ठकुरी, विशाल तामाङ, एरुज सिंह, समिर कार्की, रुपबहादुर लामा, विजय घलान, यज्ञ प्रधान, दिलेन लोक्ताम, हरि कठायत, सुरज घिमिरे, अभिषेक वाइबा र गौरब श्रेष्ठ रहेका छन् । यसैगरी विदेशी खेलाडीमा डेडी जुनियर वाम्बा (क्यामरुन),फोडे फोफाना (गुयना), एड्मा डुमिवा (माली) छन् ।

प्रशिक्षक : नरेश थापा

सहायक प्रशिक्षक : जग्गुनाथ खड्का

ब्यवस्थापक : प्रदीप तण्डुकार

सहायक ब्यवस्थापक : बिकास कार्की ।

Post Add 1025X115
Loading...