उपहार गाेलले हारबाट जाेगियाे लेस्टर सिटी

0

इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटी नोर्विच सिटीसँग बराबरीमा रोकिएको छ । यो बराबरीले लेस्टरलाई घाटा भएको छ ।

घरेलु मैदान किंग्स पावरमा भएको खेलमा लेस्टरले नोर्विचको एक गोलको अग्रता उल्ट्याएको हो । ३२ हजार दर्शकमाझ भएको खेलको २६ औं मिनेटमा नोर्विचले अग्रता बनाएको थियो । उसका लागि टिमु पुक्कीले गोल गरे । तर त्यसको अग्रता धेरै बेर टिक्न सकेन ।

३८ औं मिनेटमा लेस्टर सिटीले खेल बराबरी गर्यो । उसले उपहार गोलमा खेल बराबरी गरेको हो । नोर्विचका र्कुलले बल क्लियर गर्ने क्रममा उनले आफ्नै पोष्टमा गोल गरे । त्यसपछि लेस्टरले गोल थप्ने निकै प्रयास गरेपनि सफल भएन ।

यो बराबरीले लेस्टरको १७ खेलमा ३९ अंक भएको छ ।

Post Add 1025X115
Loading...