बार्सिलाेना साेसिडाडसँग बराबरीमा राेकियाे

0

स्पेनीस ला लिगामा बार्सिलोना रियल सोसिडाडसँग २-२ गाेलकाे बराबरीमा रोकिएको छ । लिगको चौथो स्थानमा रहेको रियल सोसिडाडसँगको बराबरीले बार्सिलोनालाई अंक तालिकामा अग्रता लिने मौका गुमेको छ ।

निकै रोमाञ्चक बनेको खेलको १२ औं मिनेटमा मिकेल ओयारजाबेलले पेनाल्टीमा गोल गर्दै सोसिडाडलाई अग्रता दिलाए । तर ३८ औं मिनेटमा बार्सिलोनाले एन्टोइन ग्रिजमनको गोलमा खेल बराबरी गर्न सफल भयो ।

पहिलो हाफमा एक एक गोलको बराबरी भएको खेलको ४९ औं मिनेटमा बार्सिलोनाले अग्रता बनायो । उसका लागि लुइस स्वारेजले गोल गरे ।
तर ६२ औं मिनेटमा इसाकले गोल गर्दै घरेलु टिम सोसिडाडलाई बराबरीमा पुर्याए ।

त्यसपछि बार्सिलोनाले खेल जित्न हर प्रयास गरेपनि सफल भएन । जसका कारण उसले अंक तालिकामा रियलसँगको दुरी बढाउने मौका खेल फाल्यो । बार्सिलोनाको १६ खेलमा ३५ अंक बनाएको छ । एक खेल कम खेलेको रियलको ३४ अंक छ । सोसिडाडको २८ अंक भएको छ ।

Post Add 1025X115
Loading...