चेल्सी बर्नमाउथसँग १-० ले स्तब्ध

0

इंग्लिस प्रिमियर लिगमा चेल्सी बर्नमाउथसँग एक शुन्यले स्तब्ध भएको छ ।

घरेलु मैदानमा भएको खेलमा चेल्सीले पाएका मौकाको सदुपयोग गर्न सकेन । घरेलु दर्शकमाझ चेल्सीले चार वटा मौकामा चुक्यो । त्यसको विपरित बर्नमाउथले अन्तिम समयमा गोल गर्दा बाजी मार्यो ।

खेलको ८३ औं मिनेटमा बर्नमाउथले गोल गरेपनि भिएआरले त्यसलाई मान्यता दिएन । तर त्यसको दुई मिनेटपछि चेल्सी विरुद्ध पाहुना टिमले अग्रता बनायो ।

बर्नमाउथको डान गोस्लिङले गोल गर्न सफल भए । त्यसपछि चेल्सी खेलमा फर्कन सकेन र यो सिजनमा पाँचौ हार ब्यहोर्यो । याे हारले चेल्सीलाइ तेस्राे स्थानकाे म्यानचेस्टर सिटीसँग अ‌ङ्क बराबरी गर्ने माैका गुमेकाे छ । सिटीकाे १६ खेलमा ३२ अङ्क छ । चेल्सीकाे १७ खेलमा २९ अङ्क छ ।

Post Add 1025X115
Loading...