बुन्डेस लिगामा बार्यनकाे फराकिलाे जित, काेउन्टिन्हाेकाे ह्याट्रिक

0

जर्मन बुन्डेसलिगामा बार्यन म्युनिखले वेरदेर बेरमेन विरुद्ध प्रभावशाली जित निकालेको छ ।

घरेलु मैदानमा ७५ हजार दर्शकमाझ भएको खेलमा बार्यनको जितमा फिलिप कोउन्टिन्होले ह्याट्रिक गरे । त्यसो त बार्यनले वेरदेरको एकगोलको अग्रता उल्ट्यायो । उसका लागि रासिकाले गोल गरेका थिए ।

तर त्यसपछि बार्यनले लगातार ६ गोल गर्यो । खेलको ४५ औं मिनेटमा कोउन्टिन्होले पहिलो गोल गरे । त्यसपछि पहिलो हाफका इन्जुरी समयमा रोबेर्ट लेवान्दोस्कीले गोल गर्दै अन्तर दुई शुन्यमा पुर्याए । उनले कोउन्टिन्होको पासको सदुपयोग गरे ।

पहिलो हाफमा दुई गोलको अग्रता बनाएको बार्यनले ६३ औं मिनेटमा तेस्रो गोल गर्यो । यसपटक कोउन्टिन्होले ब्यक्तिगत दोस्रो गोल गरे । त्यसपछि ७२ औं मिनेटमा लेवान्दोस्कीले ब्यक्तिगत दोस्रो तथा टिमका लागि टिमका लागि चौथो गोल गरे ।

त्यसको तीन मिनेटपछि थोमस मुलरले गोल गरेपछि बार्यनले अग्रता पाँच एकमा पुर्यायो । खेलको ७८ औं मिनेटमा पेरीसिचको पासमा कोउन्टिन्होले गोल गर्दै ब्यक्तिगत ह्याट्रिक पुरा गरे । जसका कारण बार्यनले प्रभावशाली जित निकाल्यो । यो जितले बार्यनले १५ खेलमा २७ अंक बनाएको छ ।

बोरुसियाको सहज जित

अर्को खेलमा बोरुसिया डर्टमुण्डले मेइन्जलाई चार शुन्यले हरायो । उसका जितमा ३२ औं मिनेटमा मार्कुस रिउसले गोल गरे । त्यसपछि ६६ औं मिनेटमा सान्चोले गोल गरे भने ६९ औं मिनेटमा हाजार्डले र ८४ औं मिनेटमा सुल्जले गोल गरे ।

Post Add 1025X115
Loading...