प्रिमियर लिगमा लिभरपुलकाे नयाँ रेकर्ड, अपराजित खेल संख्या ३३ पुग्याे

0

इंग्लिस प्रिमियर लिगको शिर्ष स्थानमा रहेको लिभरपुलले नयाँ रेकर्ड बनाएको छ । वाटफोर्ड विरुद्धको खेलमा दुई शुन्यको जित निकाल्दै लिभरपुलले प्रिमियर लिगमा आफ्नो अपराजित खेलको संख्या ३३ पुर्याएको छ । यो सिजन लगातार १७ खेलमा अपराजित रहेको लिभरपुलले अंक तालिकामा ११ अंकको अग्रता कायमै राखेको छ ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले वाटफोर्डलाई सुरुवात देखि नै दबावमा राखेको थियो । खेलको ३८ औं मिनेटमा मोहम्मद सलाहको गोलमा लिभरपुलले अग्रता बनायो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको लिभरपुलले दोस्रो हाफको सुरुवातमा नै अन्तर दुई शुन्यमा पुर्यायो । ५१ औं मिनेटमा साडियो मानेले हेड मार्फत गोल गरेपनि भिएआरले त्यसलाई मान्यता दिएन ।

५५ औं मिनेटमा वाटफोर्डले गरेको प्रहारलाई लिभरपुलका एलिसोनले बचाए ।

त्यसपछि पनि लिभरपुलले दुई वटा उत्कृष्ट अवसर पाएको थियो । जसमा वाटफोर्डका गोलकिपर बाधक बने । खेलको ९० औं मिनेटमा लिभरपुलले दोस्रो गोल गर्यो । यसपटक पनि सलाहले नै गोल गर्न सफल भए । त्यसपछि वाटफोर्ड खेलमा फर्कन सकेन र पराजित भयो । प्रिमियर लिगमा वाटफोर्डबाट पहिलो खेल सम्हालिएका प्रशिक्षक पियरसनको सुरुवात राम्रो हुने सकेन ।

यो जितसँगै लिभरपुलले १७ खेलमा ४९ अंक बनाएको छ । उसले पुरै खेलमा १२ वटा सट वाटफोर्डको पोष्टमा प्रहार गरेको थियो ।

Post Add 1025X115
Loading...