पीपीएलका लागि धनगढी ब्लुजले क्यानडीयन र आइपीएल खेलेका खेलाडी अनुबन्ध

0

पोखरामा आयोजना हुने दोस्रो संस्करणको पोखरा प्रिमियर लिगका लागि धनगढी ब्लुजले तीन विदेशी खेलाडीको टुंगो लगाएको छ । जसमा उसले दुई जना क्यानेडियन खेलाडी ल्याएको छ भने एक जना भारतीय खेलाडी भित्र्याएको छ ।

दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको धनगढी ब्लुजले क्यानडाको राष्ट्रिय टिमबाट खेलेका थोमस रोद्रिगो र श्रीमन्थ विजयरत्ने रहेका छन । यस्तै आइपीएल खेलेका अमित यादवलाई पनि धनगढीले टिममा ल्याएको छ ।

अघिल्लो सिजन इंग्ल्याण्डको काउन्टी खेलेका दुई जना खेलाडलाई ल्याएको धनगढीले यसपटक एसोसियट टिमका दुई जना खेलाडीलाई टिममा ल्याएको हो । क्यानडाबाट ल्याएका दुबै खेलाडीले नेपाल विरुद्ध खेलिरहेका छन ।

नेपालले ओडिआइ मान्यता पाउँदा करण केसीले अन्तिममा उत्कृष्ट प्रदर्शन गरेर जुन खेलमा क्यानडालाई हराएका थिए, सो खेलमा थोमस र श्रीमन्थ दुबैले खेलेका थिए । जसमा ओपनर विजेरत्नेले एक सय तीन रनको उत्कृष्ट पारी खेलेका थिए ।

थोमसले पहिलो पटक २०१८ मा क्यानडाको टिमबाट खेलेका थिए । पछिल्लो पटक यूएईमा भएको विश्वकप छनोटमा पनि टिममा रहेका बाँया हाते थोमसले अन्तराष्ट्रिय टी २० मा मात्र आठ खेल खेलेका छन । जमसा ७३ रन बनाएका छन ।

यस्तै अर्का क्यानेडीयन खेलाडी विजेरत्ने ओपनर तथा विस्फोटक ब्याट्सम्यान हुन । श्रीलंकामा जन्मिएर क्यानड बसाई सरेका उनले २०१५ मा क्यानडाको राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । २०१८ मा भएको विश्व क्रिकेट लिग डिभिजन २ मा पनि टिममा रहेका उनले पनि विश्वकप छनोट खेलेका थिए ।

लिष्ट ए मा एक हजार रन बनाएका विजेरत्नेले विश्वकप छनोटमा ओमान विरुद्ध ५६ रन बनाएका थिए ।

यस्तै धनगडी ब्लुजमा अनुबन्ध भएका अर्का खेलाडीमा भारतीय क्रिकेटर अमीत यादव हुन । पञ्जाव टिमबाट आइपीएल खेलेका उनी एक बर्ष प्रतिबन्धमा परेका थिए । गोवा क्रिकेट टिमबाट घरेलु क्रिकेट खेल्दै आएको अमित आइपीएलमा स्पोट फिक्सिङमा परेका थिए । जसका कारण उनी एक बर्ष क्रिकेटबाट टाढा भएका थिए । त्यसपछि उनी २०१३–१४ मा फेरी घरेलु क्रिकेटमा फर्किएका हुन । अलराउण्डर अमित पहिलो पटक नेपाली घरेलु क्रिकेट खेल्न आउन लागेका हुन ।

उनले टी २० मा अहिलेसम्म ३२ खेल खेलेका छन । जसमा २९९ रन बनाएधा छन । यस्तै ३१ विकेट लिएका छन । पोखरा प्रिमियर लिगमा धनगढीले पहिलो खेल आइतबार बिराटनगर टाइटन्ससँग खेल्दैछ ।

Post Add 1025X115
Loading...