बिग ब्यास लिगका लागि सन्दिप अष्ट्रेलिया प्रस्थान

0

नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछाने अष्ट्रेलियामा हुने क्रिकेट प्रतियोगिता बिगब्यास लिगका लागि अष्ट्रेलिया प्रस्थान गरेका छन ।

लगातार दोस्रो सिजन बिगब्यास खेल्न लागेका सन्दिप बुधबार अष्ट्रेलिया प्रस्थान गरेका हुन । डिसेम्बर १७ तारिखबाट सुरु हुने प्रतियोगिताका लागि सन्दिप केहि दिन अगाडी नै जान लागेका हुन । उनले टिमसँग प्रशिक्षणका साथै केहि फलोअप गर्नुपर्ने भएकाले केहि दिन अगाडी गएका हुन ।

अघिल्लो सिजनबाट बिग ब्यास लिगमा अनुबन्ध भएका सन्दिपले यसपटक पनि मेलबर्न स्टार्सबाट नै खेल्दैछन । जसमा उनको टिमले पहिलो खेल ब्रिसबेन हिट विरुद्ध २० डिसेम्बरमा खेल्नेछ । ग्लेन म्याक्सवेलको कप्तानीमा रहेको मेलबर्न स्टार्समा मार्कुस स्टोनीस,बेन डक, पिटर ह्याण्डकप जस्ता खेलाडी रहेका छन ।

सन्दिप यो सिजनमा मेलबर्नमा कति रकममा अनुबन्ध भएका भन्ने बारे क्लवले खुलाइएको छैन । क्लवले खेलाडी रिटेन गर्दा रकम खुलाउन नमिल्ने भएकाले पनि यो भएको हो ।

अघिल्लो सिजनमा सन्दिपले मेलबर्नबाट सात खेलमा ११ विकेट लिएका थिए । जसमा उनले चार खेलमा चार जना टिमका कप्तानलाई आउट गरेका थिए । उनले सो बेला उत्कृष्ट बलिङ फिगरका रुपमा ११ रन दिएर तीन विकेट लिएका थिए । जसका एक सय ७९ रन दिएका थिए ।

Post Add 1025X115
Loading...