पीपीएलमा चितवनकाे प्रशिक्षकमा कटुवाल,३ बिदेशी खेलाडीकाे टुंगाे लाग्याे

0

आसन्न पोखरा प्रिमियर लिगमा चितवन राइनोजले राष्ट्रिय क्रिकेट टिमका सहायक प्रशिक्षक मनोज कटुवाललाई अनुबन्ध गरेको छ । यसअघि धनगढी ब्लुजको प्रशिक्षक रहेका मनोज यो सिजन चितवन राइनोजमा अनुबन्ध भएका छन ।

अघिल्लो सिजन धनगढी ब्लुजको प्रशिक्षक हुँदा शिर्ष चारको नजिक पुगेपनि रनरेटमा पछि परेको धनगढी ब्लुजको प्रशिक्षकमा कलाम अली आएका छन । मनोज कटुवाल चितवनमा अनुबन्ध भएपछि उनको स्थानमा धनगढी ब्लुजले यू–१९ महिला क्रिकेट टिमका प्रशिक्षक अलीलाई भित्र्याएको हो ।

यस्तै चितवनले सहायक प्रशिक्षकका रुपमा पूर्व खेलाडी लाक्पा लामालाई लिएको छ ।

यसका साथै चितवन यसपटक विदेशी खेलाडीका रुपमा यूएईका रोहन मुस्तफा, हङकङका पूर्व खेलाडी बाबर हायात र सन्नी पटेललाई ल्याएको छ । पटेल अघिल्लो सिजन प्लेयर अफ दी सिरीज बनेका थिए । हायातले भने बुटवल ब्लास्टर्सबाट खेलेका थिए ।

पोखरा प्रिमियर लिग यहि २८ गतेबाट सुरु हुँदैछ । जसका तयारी धमाधम भइरहेको छ भने टिमहरु भोलीबाट पोखरा जान सुरु गर्नेछन । प्रतियोगिताको उद्घाटन खेलमा पोखरा पल्टन र काठमाडौं विच प्रतिस्पर्धा हुनेछ ।

Post Add 1025X115
Loading...