पुरूष बास्केटबलमा नेपालले जित्याे काश्य

0

दक्षिण एसियाली खेलकुदमा बास्केटबलमा नेपालले कास्य पदक जितेको छ ।

तेश्रो स्थानका लागि भएको खेलमा बङ्गलादेशलाई ८१–५९ को फराकिलो अन्तरले पराजित पराजित गर्दै नेपालले काश्य हात पार्याे । यसका साथै नेपालले लिग चरणमा ब्यहाेरेकाे हारकाे बदला पनि लिएकाे छ । नेपालकाे जितमा असिम श्रेष्ठले सर्वाधिक १९ र बिजय बुर्जाले १६ अंकको योगदान दिएका थिए ।

यस्तै कप्तान सदिश प्रधानले १५, आयुष सिँहले १३ र सौरभ श्रेष्ठले ११ अंक जोडे । योसँगै नेपालले १३ औं दक्षिण एसियाली खेलकुदमा बास्केटबलतर्फ चारवटै बिधामा पदक जित्न सफल भएको छ ।

नेपालले बास्केटबल इतिहासमा पहिलो पटक फाइनलमा स्थान बनाएको हो । फाइनलमा मङ्गलबार नै नेपालले भारतको सामना गर्नेछ ।

Post Add 1025X115
Loading...