साग महिला बास्केटबलमा नेपालकाे कम्तिमा रजत पक्का

0

साग अन्तर्गत महिला बास्केटबलमा नेपाली महिला टिम पहिलो पटक फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कभर्डहलमा भएको प्रतिस्पर्धामा नेपालले माल्दिभ्सलाई हराउँदै फाइनलमा पुगेको हो । सागको इतिहासमा नेपाली बास्केटबल टिम पहिलो पटक फाइनलमा पुगेको हो ।

नेपालले माल्दिभ्समाथि ६८–५५ काे जित निकाल्याे । पहिलो क्वार्टरमा १९–१३ को अग्रता बनाएको नेपालले दोश्रो क्वार्टरमा ३५–२७ को दुरी बनाएको थियो ।

तेश्रो क्वार्टरमा निकै सशक्त प्रदर्शन गर्दै १७ अंकको फराकिलो अग्रता बनाएपछि नेपाल खेलमा हावी भएको थियो । तर माल्दिभ्सले चौथो तथा अन्तिम क्वार्टरमा पुनरागमन गर्दै ५७–५१ मा झारेकाे थियाे । अन्तिम क्वार्टरमा माल्दिभ्स १७–१४ ले अघि रहेको थियो ।

नेपालका लागि अनुशा मल्लले १८ अंकको योगदान गरेकी थिइन् । यस्तै प्रतिक्षा मगर १३ अंक जोडेकी थिइन् ।

Post Add 1025X115
Loading...