नेपाली पुरूष टिम थ्री बाइ थ्री बास्केटबलको फाइनलमा

0

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत नेपाली पुरूष टिम थ्री बाइ थ्री बास्केटबलको फाइनलमा प्रवेश गरेको छ ।

श्रीलंकालाई २१-९ को फराकिलो अन्तरले हराउँदै नेपालले फाइनलमा स्थान बनाएकाे हाे । याे बास्केटबलकाे इतिहासमा पहिलाे पटक फाइनलमा पुगेकाे हाे ।

नेपालले स्वर्ण पदकका लागि भारतको सामना गर्नेछ । लिग चरणमा नेपाल भारतसँग पनि पराजित भएको थियो ।

Post Add 1025X115
Loading...