लिगका लागि थ्रीस्टारले ल्यायाे ३ नयाँ बिदेशी खेलाडी, जाे पहिलाे पटक नेपालमा खेल्दै

0

ए डिभिजन लिगका लागि क्लब थ्री स्टारले एकै साथ तीन जना बिदेशी खेलाडी भित्र्याएकाे छ । जसमा तीन जना अफ्रिकन खेलाडी रहेका छन ।

जसमा थ्री स्टारले गाेलकिपर, स्ट्राइकर र मिडफिल्डर ल्याएकाे छ । थ्रीस्टारले ल्याएका खेलाडीमा गोलकिपरमा क्यामरुनका प्रिसो, फरवार्डमा हम्जात र मिडफिल्डमा अलिउ रहेका छन ।

प्रिसोले गत सिजन दाउफिन्स क्लबबाट मोफसलका प्रतियोगिता खेलेका थिए । नाइजेरीयाका हम्जात र अलिउ दुबै नाइजेरीयाका खेलाडी हुन।  दुबैले पहिलाे पटक नेपाली घरेलु फुटबल खेल्न लागेकाे हुन ।

यसपटक थ्रीस्टारले नेपालका एक जना पनि राष्ट्रिय खेलाडीलाइ क्लवमा राखेकाे छैन। यसअघि थ्रीस्टारबाट खेलेका एलेन न्याेपाने च्यासलमा गएका छन । अघिल्लाे सिजनमा पनि थ्रीस्टारले ३ जना बिदेशी खेलाडीलाइ खेलाएकाे थियाे । तर याे सिजन उसले तीनै खेलाडीलाइ बिदाइ गरेकाे छ ।

थ्रीस्टारमा रहेका एलेन न्याेपानेसँगै सुनिल वल, दिनेश राजवंशी, रजिन धिमालले क्लव छाेडेका छन । जसमा एलेनसँगै सुनील, दिनेश च्यासलमा गएका छन भने रजित मच्छिन्द्रमा अनुबन्ध भएका छन ।

मच्छिन्द्रमा मनाङका सात खेलाडीपनि अाबद्ध भएका छन ।

Post Add 1025X115
Loading...