दक्षिण एसियाली सुटिङ महासंघको साधारण सभा ललितपुरमा

0

दक्षिण एसियाली सुटिङ महासंघको साधारण सभा ललितपुरमा भएको छ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता जारी रहेका बेला सातदोवाटोस्थित सुटिङ रेञ्जको कार्यालयमा साधारणसभा आयोजना गरिएको थियो ।

साधारण सभामा सवै देशको सहभागिता रहेको थियो । अवतार सिंह विसनको अध्यक्षतामा भएको साधारण सभाले दक्षिण एसियाली देशरुमा सुटिङ खेलको विकास र विस्तारका लागि विशेष कार्यक्रम गर्ने निर्णय गरेको छ ।

साथै अहिलेको सधारण सभाले विधान परिमार्जन गर्ने तयारी गरे पनि भारतीय र पाकिस्तानी पक्षका बीचमा कुरा नमिल्दा अहिलेलाई त्यो सम्भावना भने टरेको थियो । सधारण सभा लगाएतका विभिन्न वैठकहरु गर्नका लागि वर्णानुक्रम अनुसार देशहरुले पालो गर्ने सहमति भने भएको छ । जस अनुसार अर्को वर्षको जुन महिनामा बंगलादेशमा बैठक बस्ने निर्णय गरेको छ ।

महासचिव अब्बासले पेश गरेको प्रस्तावमा भारतीय पक्षले विधान पहिला राम्रोसँग तयार पार्नु पर्ने अडान राखेका थिए । जसका कारण मार्च ३१ तारिख भित्र विधानको काम सकेपछि जुनमा बंगलादेशमा बस्ने बैठकले थप निर्णय गर्ने बताइएको छ । यसैगरी हरेक वर्ष वर्नानुक्रम अनुसार सुटिङ प्रतियोगिता गर्नु पर्ने विषयमा पनि छलफल भएको नेपाल सुटिङ संघका त्रिलोचन श्रेष्ठले जानकारी दिए ।

Post Add 1025X115
Loading...