महिला ह्यान्डबलमा रजत पदक

0

नेपालले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला ह्यान्डबलमा रजत पदक जितेको छ ।

पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा आइतबार भएको फाइनलमा भारतसँग ३५-२१ गोल अन्तरले पराजित हुँदै नेपालले रजत जितेको हो ।

सागको महिला ह्यान्डबलमा नेपालको यो ऐतिहासिक रजत हो । यस अघि नेपालले ह्यान्डबलमा रजत जित्न सकेको थिएन ।

पुरुषतर्फको स्वर्ण भने पाकिस्तानले जितेको छ । पाकिस्तानले भारतलाई ३०-२९ ले हराएको थियो । पुरुषतर्फ श्रीलंकाले कास्य जितेको छ ।

Post Add 1025X115
Loading...