साग पुरूष फुटबलः बंगलादेश बिरूद्ध नेपाल पहिलाे हाफमा १-० ले अगाडी

0

दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष फुटबलमा नेपालले बंगलादेश विरुद्ध एक शुन्यको अग्रता बनाएको छ।

दशरथ रंगशालामा जारी खेलमा नेपालले ११ औं मिनेटमा खेलमा अग्रता बनायो । उसका लागि सुजल श्रेष्ठका पासमा सुनील बलले गोल गरे । खेलको सुरुवातमा नै गोल गरेको नेपालले १६ औं मिनेटमा अर्को मौका पाएको थियो । तर त्यसमा बंगलादेशको गोलकिपर बाधक बने ।

२५ औं मिनेटमा नेपालले अर्को मौका पाएको थियो । नेपालका कप्तान सुजल श्रेष्ठले निकै राम्रो मौका पाएपछि फिनिस गर्न सकेनन् । त्यसपछि बंगलादेशले नेपालको पोष्टमा दुई वटा प्रहार गरेको थियो । तर दुबै अवसरमा नेपाली गोलकिपर विकेश कुथु बाधक बने ।

त्यसपछि पनि आक्रामक फुटबल खेलेका दुबै टिमले थप गोल गर्न सकेनन् । जसका कारण नेपाल पहिलो हाफमा एक शुन्यले अगाडी रह्यो ।
आजको खेलमा नेपाललाई फाइनलमा पुग्न जित निकै आवश्यक छ ।

Post Add 1025X115
Loading...