बंगलादेश बिरूद्धकाे खेलका लागि नेपालकाे सुरूवाती ११ सार्वजनिक

0

१३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत पुरुष फुटबलकाे लिग चरणको अन्तिम खेलमा नेपालले केहि बेरमा बंगलादेशसँग खेल्दैछ ।

दशरथ रंगशालामा हुने खेलमा बंगलादेशविरुद्ध खेलका लागि नेपालको प्लेईङ सेट सार्वजनिक गरिएकाे छ । जसमा टिममा एउटा पनि परिवर्तन गरिएकाे छैन । माल्दिभ्स बिरूद्धकाे सेटलाइ नै नेपालले मैदानमा उतारेकाे छ ।

नेपाललाई फाइनल पुग्न जित वा बराबरीको आवश्यकता रहेको छ । यता बंगलादेशलाइ जितकाे बिकल्प छैन । यदि नेपाल पराजित भएमा फाइनलबाट बाहिर हुनेछ ।

नेपाली टिम

विकेश कुथु,अनन्त तामाङ, छिरिङ गुरुङ, सुमन अर्याल, बिक्रम लामा, मिक्चेन तामाङ, अविशेक रिजाल, सुनिल बल, तेज तामाङ, रेजिन सुब्बा, सुजल श्रेष्ठ

Post Add 1025X115
Loading...