महिला क्रिकेटकाे स्वर्ण बंगलादेशले जित्याे, श्रीलंका २ रनले पराजित

0

दक्षिण एसियाली खेलकुद सागको महिला क्रिकेट स्वर्ण बंगलादेशले जितेको छ । फाइनलमा श्रीलंकामाथि दुई रनको रोमाञ्चक जित निकाल्दै बंगलादेशले स्वर्ण जित्यो ।

पोखरा क्रिकेट मैदानमा भएको खेलमा पहिलो ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाउँदै ९१ रन बनाएको थियो । उसका चार खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा निगार सुल्तानाले सर्वाधिक २९ रन बनाइन । यस्तै संञ्जिदा इस्लाम र फाहिमा खातुलले समान १५–१५ रन बनाए ।

जवाफमा श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाउँदै ८९ रन बनायो । उसको जितमा कप्तान हर्षिता माधवीले ३२ तथा लिहिनी अप्सराले २५ रन बनाइन । अन्तिम ओभरमा उसका लागि सात रन चाहिएको थियो ।

तर उसले दुई विकेट गुमाउँदा चार रन मात्र जोड्यो । जसका कारण श्रीलंकाले रजतमा चित्त बुझायो । नेपालले यो प्रतियोगितामा काश्य जितेको छ ।

Post Add 1025X115
Loading...