पाकिस्तानी टिममा १० वर्ष पछि फवादको आगमन

0

काठमाडौं, २२ मंसिर । श्रीलंकाविरुद्धको २ टेस्ट म्याचका लागि पाकिस्तानले टिम घोषणा गरेको छ । पाकिस्तानी टेस्ट टिममा १० वर्ष पछि फवाद आलमले पुनरागमन गरेका छन् । २००९ मा न्यूजिल्याण्डविरुद्ध टेस्ट खेलेका फवाद त्यसपछि टिममा अटाएका थिएनन् ।

उनी अहिले प्रथम श्रेणी क्रिकेटमा थिए । प्रथम श्रेणी क्रिकेटमा १२ हजार रन बनाएका फवादलाई सोही प्रर्दशनका आधारमा टिममा बोलाइएको पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले जनाएको छ । यस्तै उस्मान शिनवारी पनि टिममा रहेका छन् । उनले पाकिस्तानका लागि १७ एक दिवसीय र १६ टी २० खेलेका छन् । यस्तै पाकिस्तान टिमका अलराउण्डर इफ्तिकार अहमद र मूसा खान भने टिममा पर्न असफल रहे । उनीहरु यसअघि अस्ट्रेलियाविरुद्धको सिरिजमा भने थिए ।

अस्ट्रेलिया सिरिजमा डेव्यु गरेका नसीम साह भने यु १९ विश्वकपको टिममा परे पनि उनलाई टेस्ट क्रिकेटमा पनि राखिएको छ । पहिलो टेस्ट राहुलपिण्डीमा ११ डिसेम्सबरदेखि शुरुहुँदै छ । दोस्रो टेस्ट १९ डिसेम्बरमा कराँचीमा हुने छ । पाकिस्तानमा एक दशक पछि पहिलो पटक टेस्ट क्रिकेट आयोजना हुँदैछ ।

पाकिस्तान को टिम
अजहर अली (कप्तान), आबिद अली, अशद शफीक, बाबर आजम, फवाद आलम, हारिस सोहैल, इमाम उल हक, इमरान खान, कासिफ भाटी, मोहम्मद अब्बास, मोहम्मद रिजवान, शाहीन शाह अफरीदी, शान मसूद, यासिर शाह, उस्मान शिनवारी।

Post Add 1025X115
Loading...