मैले उत्कृष्ट प्रदर्शन गर्न अझै बाँकी छ–ग्रिजम्यान

0

बार्सिलोनाले शनिबार राति मालोर्काबिरुद्ध उत्कृष्ट जित निकालेसँगै बार्सिलोनाका फरवार्ड एन्टोएन ग्रिजम्यानले आफुले राम्रो प्रदर्शन गर्नुपर्ने खेलहरु आउनै बाँकी रहेको बताएका छन् ।

बार्सिलोनाले मालोर्कलाई गएराति ५–२ गोल अन्तरले पराजित गरेको हो । बार्सलोनाका लागि स्वारेज र ग्रिजम्यानले एक एक गोल गरे भने कप्तान मेस्सी ह्याट्रिक गर्न सफल रहे ।

खेलपछि बोल्दै ग्रिजम्यानले आफुहरु उत्कृष्ट खखेलको प्रतिक्षामा रहेको बताए ।

‘हामी यो भन्दा पनि उत्कृष्ट खेल चहान्छाँै, पहिलो हाफमा हामीले राम्रो खेल्यौ र दोस्रो हाफपछि हामीले आफ्नो लयमा झनै सुधार ल्यायाँै’ ग्रिजम्यानले खुसी हुँदै भने ।

‘यो खेल मेस्सी र स्वारेजको लागि उत्कृष्ट रह्यो, अझै हामीले धेरै खेलहरु खेल्नु छ र मैले बार्सिलोनाको खेलाडीहरुबाट अझै धेरै कुराहरु सिक्नु छ, मैले प्रशिक्षण र खेलहरुको माध्यमबाट आफ्नो प्रदर्शन सुधार्दै आएको छु र मेरो तर्फबाट उत्कृष्ट प्रदर्शन गर्न अझै बाँकी छ’ ग्रिजम्यानले अन्त्यमा भने ।

Post Add 1025X115
Loading...