ला लिगामा मेस्सीकाे ह्याट्रिक, वार्सिलाेनाकाे फराकिलाे जित

0

स्पेनिस ला लिगामा लियोनल मेसी ह्याट्रिक  गर्दा वार्सिलाेना फराकिलाे जित निकाल्न सफल भएकाे छ ।

लालिगा अन्तर्गत आज बिहान भएकाे खेलमा रियल माल्लोर्काविरुद्ध भएको खेलमा मेसीले ह्याट्रिक गरेका हुन् । खेलमा बार्सिलोना ५–२ ले विजयी भयाे ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा ७ औं मिनेटमा एन्टोनी ग्रिजम्यानको गोलबाट बार्सिलोनाले अग्रता लिएकाे थियो । १७औं मिनेटमा मेसीले गोल गरी अग्रता दोब्बर बनाए । ३५औं मिनेटमा माल्लोर्काका अन्टे बुदिमिरले गोल गरी २–१ मा ल्याएका थिए । ४१औं मिनेटमा मेसीले अर्का गोल गरी अग्रता पुनः बढाए लगतै ४३औं मिनेटमा स्वारेजले गोल गर्दा बार्सिलोना पहिलो हाफमै ४–१ ले अघि बढ्यो ।

दोस्रो हाफको ६४औं मिनेटमा अन्टे बुदिमिरले अर्काे गोल गरी माल्लोर्कालाई खेलमा फर्काउने प्रयास गरेका थिए । मेसीले ८३औं मिनेटमा  ह्याट्रिक पूरा गरे । यो उनको ला लिगाको ३५औं ह्याट्रिक हो।

खेलअघि मेसीले क्याम्प नाउम छैटौं पटक पाएको बोलोन डी’ओर अवार्डको प्रदशैन गरेका थिए। गत सोमबार मात्रै मेसीले बोलोन डी’ओर अवार्ड पाएका थिए । जितपछि बार्सिलोना १५ खेलबाट ३४ अंकसहित शीर्ष स्थानमा कायम छ । शनिबार रातिको खेलमा स्पानियोललाई २–० ले हराएको रियल मड्रिड समान खेलबाट समान ३४ अंक बनाई दोस्रो स्थानमा छ । बार्सिलोनाले रियललाई गोलअन्तरमा पछि पारेको हो।

Post Add 1025X115
Loading...