म्यानचेस्टर डर्वीमा युनाइटेडकाे जित, सिटीलाई अ‌ङ्क तालिकामा धक्का

0

इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर डर्वीमा युनाइेटडले जित निकालेको छ । शनिबार भएको खेलमा युनाइेटडले सिटीलाई दुई एकले हरायो ।

इतिहाद स्टेडियममा भएको खेलमा युनाइेटडको जितमा मार्टियल रासफोर्ड र एन्टोइन मार्सियलले एक एक गोल गरे । अवे खेलमा यो सिजन सिटी विरुद्ध जित निकालेको युनाइेटडका लागि खेलको २३ औं मिनेटमा रासफोर्डले पहिलो गोल गरे । उनले पेनाल्टीमा गोल गरे ।

त्यसपछि २९ औं मिनेटमा मार्टियलले गोल गर्दै युनाइटेडको अग्रता दुई शुन्यमा पुर्याए । पहिलो हाफमा दुई गोलको अग्रता बनाएका युनाइटेड विरुद्ध सिटीले ८५ औं मिनेटमा एक गोल फर्काएको थियो । उसका लागि ओटामेन्डीले गोल गरेका थिए ।

तर त्यो गोलले सिटीलाई हारबाट बचाउन सकेन । यो हारले सिटीलाई लिगको तेस्रो स्थानमा पुर्याएको छ । शिर्ष स्थानको लिभरपुलको १६ खेलमा ४६ अंक छ भने दोस्रो स्थानको लेस्टर सिटीको ३५ अंक छ । सिटीको ३२ अंक छ ।

जारी लिगमा सिटीको पाँच खेलमा दोस्रो हार हो । यसअघि सिटी लिभरपुलसँग तीन एकले हारेको थियो ।

Post Add 1025X115
Loading...