बर्नलेको पोस्टमा टोटनह्यामको ५ गोल

0

काठमाडौं, २१ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम पाँचौं स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा बर्नलेमाथि ५–० को फराकिलो जित दर्ता गरेको टोटनह्याम २३ अंकसहित पाँचौं स्थानमा उक्लिएको हो ।

टोटनह्यामो जितमा हेरी केनले २ तथा लुकास मौरा, सन मिन र मौसा सिसिकोले एक एक गोल गरे । घरेलु मैदानमा टोटनह्यामका लागि हेरि केनले चौथो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । नवौं मिनेटमा लुकास मौराले गोल गर्दै अग्रता दोब्बर बनाए । शुरुदेखि नै बर्नलेमाथि दबाब दिएको टोटनह्यामले तेस्रो गोल ३२ औं मिनेटमा गरेको थियो ।

पहिलो हाफमा ३ गोल गरेको टोटनह्यामले दोस्रो हाफमा अरु २ गोल थप्न सफल भयो । ५४ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरे । ७४ औं मिनेटमा सिसिकोले टिमका लागि पाँचौं गोल थप्दै फराकिलो जित दर्ता गरे । शनिबार राति नै भएको अर्को खेलमा क्रिष्टल प्यालेस र वाटफोर्ड भने गोलरहित बराबरीमा रोकिएका छन् ।

Post Add 1025X115
Loading...