प्रिमियर लिगमा चेल्सी एभर्टनसँग स्तब्ध

0

इग्लिश प्रिमियर लिगमा चेल्सीले अर्को हार ब्यहोरेको छ । शनिबार भएको खेलमा चेल्सी एभर्टनसँग तीन एकले हार्न पुग्यो ।

लण्डनमा भएको खेलको पाँचौ मिनेटमा नै एभर्टनले अग्रता बनायो । उसका लागि रिर्चालिसनले गोल गर्न सफल भए । पहिलो हाफमा उक गोलको अग्रता बनाएको एभर्टनले ४९ औं मिनेटमा दोस्रो गोल गर्यो । यसपटक उसका लागि कालभेर्ट लेविनले गोल गरे ।

दुई गोलले पछि परेको चेल्सीले ५२ औं मिनेटमा एक गोल फर्कायो । उसका लागि माटियो कोभासिसले गोल गरे । तर ८४ औं मिनेटमा फेरी एभर्टनले गोल गर्यो । यसपटक उसका लागि लेविनले नै गोल गरे ।

चेल्सीको पछिल्ला पाँच खेलमा तेस्रो हार हो । यो हारले दोस्रो स्थानको सिटीसँगको दुरी कम गर्ने अवसर गुमेको छ ।

Post Add 1025X115
Loading...