रियाल फेरी ला लिगाकाे शिर्ष स्थानमा

0

स्पेनीस ला लिगामा रियाल मड्रिड स्पानोयललाई दुई शुन्यले हराउँदै शिर्ष स्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा दश खेलाडीमा झरेको रियालको जितमा करिम बेन्जिमा र भारानेले एक एक गोल गरे ।

खेलको ३७ औं मिनेटमा भारानेको गोलमा रियालले अग्रता बनायो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको रियालले ७९ औं मिनेटमा दोस्रो गोल थप्यो । यसपटक उसका लागि बेन्जिमाले गोल गरे ।

तर ८३ औं मिनेटमा रियालका मेन्डी दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरीन बाध्य भए ।

तर त्यसको फाइलमा स्पानोयलले उठाउन सकेन र पराजित भयो । जितसँगै रियालले १५ खेलमा ३४ अंकका साथ शिर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको बार्सिलोनाको ३१ अंक छ । उसले राती मर्लोकासँग खेल्दैछ ।

Post Add 1025X115
Loading...