बक्सिङमा ४ महिला र २ पुरूष खेलाडी फाइनलमा

0

दक्षिण एसियाली खेलकुद सागमा बक्सिङमा भुपेन्द्र श्रेष्ठ फाइनलमा प्रवेश गरेका छन ।

उनले पाकिस्तानका खेलाडीलाई अंकका आधारमा हराउँदै फाइनलमा प्रवेश गरे । ६४ केजी तौल समुहमा भुपेन्द्रले कम्तिमा रजत पक्का गरेका छन । यस्तै पुरुषको ९१ केजी तौल समुहमा आशिष दावडीले पनि फाइनलमा प्रवेश गरेका छन ।

महिला तर्फ ४८ केजी तोल समुहमा ललिता महर्जन, ५४ केजी तौल समुहमा मिनु गुरुङ, ६० केजी तौल समुहमा संगिता सुनार र ६४ केजी तौल समुहमा पुनम रावलले फाइनलमा स्थान बनाए । जसमा पुरन राई र सुसिल थापामगरले काश्य पक्का गरेका छन ।

Post Add 1025X115
Loading...