रणनिती अनुसार खेलेकाले सफल भयाै-प्रशिक्षक महर्जन

0

दक्षिण एसियाली खेलकुद अन्तरगतको तेस्रो खेलमा युवा टोलीले आफ्नो रणनीति अनुसार खेलेको प्रशिक्षक बाल गोपाल महर्जनले बताएका छन् । दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सविरुद्ध २–१ गोलले जितेको युवा टोलीले रणनीतिक रुपमा सफल भएको प्रशिक्षककोे दाबी छ ।

‘खेलाडीहरुले रणनीति अनुसार खेले । सुरुमा केही नमिलेको जस्तो पक्कै भएको थियो,’ प्रशिक्षक महर्जनले भने,‘पहिलो एक गोलले पछि हुँदा पनि खेलाडीहरुले आत्मविश्वासका साथ खेले ।’

हेराै भिडियाे

Post Add 1025X115
Loading...