ह्याण्डबलमा नेपाली महिला टिम फाइनलमा

0

नेपाल १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला ह्यान्डबलको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा शनिबार भएको सेमिफाइनलमा पाकिस्तानलाई २२-२१ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।

नेपालको जितमा उमा राईले ११ गोल गरिन् । यस्तै कला राईले ४ गोल गर्दा निशा राई र कविता राईले २ र २ गोल गरिन् । राम कुमारी चौधरी र रन्जना राई र बन्दना राईले १र१ गोल गरिन् ।

 

Post Add 1025X115
Loading...