करियरकाे पहिलाे पदक त्याे पनि सागकाे ‘गाेल्ड’, किरणकाे राेमाञ्चक खेल यात्रा (भिडियाे)

0

दक्षिण एसियाली खेलकुद सागमा नेपालले २४ बर्षपछि म्याराथनमा उपाधि जित्दा सबै भन्दा खुसी थिए कीर्तिमानी धावक बैकुण्ठ मानन्धर । दुई दशक भन्दा बढि समयपछि सागमा स्वर्ण जितेका किरण सिंह बोगटीले फिनिस लाइन पार गरेपछि बैकुण्ठले उनलाई अंकमाल मात्र गरेनन् । उनलाई एक समय पनि छोडेनन् । विहान देखि नै आज नेपालले स्वर्ण जित्छ भन्नेमा ढुक्क बनेका बैकुण्ठले किरणको यो उपलब्धिलाई निकै खुसीका साथ बाढे ।

हुनपनि बैकुण्ठको मुहारमा त्यो खुसी देखिनु स्वभाविक पनि हो । कारण किरण यस्तो धावक बने । जसले करियरको पहिलो पदक त्यो पनि स्वर्ण पदक सागमा जिते । उनले यसअघि कुनै पनि प्रतियोगितामा पदक हात पारेका थिएनन् । करियरमा पहिलो पदक त्यो पनि नेपालका लागि प्रतिष्ठित किसिमले दिलाए ।

किरणले नेपाललाई एथ्लेटिक्समा स्वर्ण जितेपछि यतिबेला उनको विगतलाई कोट्याउनै पर्ने देखियो किनकी उनले यो स्वर्ण जितेर जति चर्चा कमाएका छन, त्यति नै विगतमा कति दुःख गरे भन्ने त्यो सायदै कमैलाई थाहा हुन्छ ।

छोरा भन्दा पछि खेल जीवन सुरू

यदि आफुसँग आत्मविश्वास छ, र आँट छ भने आँटेको काम गर्न सकिन्छ भन्ने बोगटीले देखाएका छन । बोगटीको खेल करियर सुन्दा नै अचम्म लाग्ने किसिमको छ । २०७१ सालमा बोगटीले आफ्ना छोरासँग आफ्नो खेल करियर सुरु गरेका थिए । तर उनको पहिलो रोजाई एथ्लेटिक्स भने थिएन । उनले पहिलो पटक खेलाडी जीवनमा पाइला चाल्ने बेला उसुमा प्रतिस्पर्धा गरेका थिए ।

तर उसुको सो बेला भएको क्षेत्रीय छनोटमा उनका छोरा सफल भएपनि उनी भने अर्को चरणमा जान सकेनन् ।

तर यतिबेला समयले यस्तो कोल्टे फेर्यो, उनले सागमा स्वर्ण जित्दा उनका छोरा उनको खेल बाहिर बसेर हेरिरहेका थिए र बुवाले पदक जित्दा निकै खुसीमात्र होइन, गर्ववान्वित थिए ।

बुबाछोराको प्रशिक्षण

हामीले श्रीमान श्रीमती, दाईभाई, दिदीबहिनीहरुले पदक जितेको सँगै प्रशिक्षण गरेको धेरे सुनेका पढेका छौ । तर बाबुछोरा नै एकै ठाँउमा प्रशिक्षण गरेको नेपालमा विरलै क्षण होला । किरणका लागि पनि छोरासँग प्रशिक्षण गुर्न सजिलो भने थिएन ।

प्रशिक्षणमा रहेका अरु खेलाडीले मात्र होइन, आफन्तले पनि निकै गिज्याउथे, तर किरणले आत्मबिश्वासलाई कम हुन नदिइ, एउटा कानले सुन्ने र अर्को कानले उडाउने गरेर निरन्तर प्रशिक्षण गरिरहे । जसका प्रतिफल उनले सागमा हात पारे । हुन त उनले करियरको पहिलो प्रतियोगिताका रुपमा आठौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाएका थिए । जसमा उनले तेस्रो स्थान हासिल गरे ।

सुदुरपश्चिमको धनगढीका बोगटीले सागको बन्द प्रशिक्षणमा सोचेको जस्तो राम्रो गर्न नसकेपनि उनलाई मौका दिइयो । त्यसले उनीमाथि झन उर्जा थप्यो । घरेलु भूमीमा नै भएको प्रशिक्षणमा उनले हरेक दिन आफ्नो समयलाई सुधार्दे लगे ।

बोगटीका लागि काठमाडौको मौसमले पनि साथ दियो । विदेशी खेलाडी चिसोका कारण राम्रो गर्न नसक्दा विपरितमा बोगटीले त्यसको फाइदा उठाए र नेपाली एथ्लेटिक्समा सागमा स्वर्ण जित्ने खेलाडीको सूचीमा आफ्नो नाम दर्ता गराए ।

उनले यो सफलताको पछाडी उनको परिवार विशेष गरि उनकी श्रीमतीको पनि ठुलो हात रहेको छ । आजै विहान पनि उनले दौडनु अगाडी उनकी श्रीमतीले फोन गरेर शुभकामना दिएका थिए । उनको त्यो शुभकामनाले काम पनि दियो ।

किरण बोगटी अब नेपाली एथ्लेटिक्सको म्याराथनमा ढिलै भएपनि राम्रो खेलाडीका रुपमा देखिएका छन ।

Post Add 1025X115
Loading...