यू १९ विश्वकप खेल्ने पाकिस्तानी टिम घोषणा

0

काठमाडौं, २१ मंसिर । पाकिस्तानले सन् २०२० को जनवरीमा आयोजना हुने अण्डर नाइनटीन विश्वकप क्रिकेटका लागि टिम घोषणा गरेको छ । अस्ट्रेलियाविरुद्ध हालै टेस्ट क्रिकेटमा डेव्यु गरेका नसीम साह पनि टिममा रहेका छन् ।

यसैगरी टिमको विकेटकीपर रोहेल नजीरको कप्तानीमा पाकिस्तानले यु १९ विश्वकप खेल्ने छ । नजिरले ९ प्रथम श्रेणी क्रिकेट खेलेका छन् भने हालै भएको यु १९ एसिया कपको पनि पाकिस्तानी टिमको कप्तान गरेका थिए । उनले युथ एक दिवसीय क्रिकेटमा भारतविरुद्ध शतक पनि बनाएका थिए । पाकिस्तानी टिमको उप कप्तानमा हैदर अलि रहेका छने ।

पाकिस्तान यू १९ टिम
अब्दुल वाहिद बंगालजई, हैदर अली, मोहम्मद शहजाद, मोहम्मद हुरैरा, मोहम्मद इरफ़ान खान, रोहेल नजीर, अब्बास अफरीदी, फहाद मुनीर, कासिम अकरम, आमिर अली, अरीश अली खान, आमिर खान, नसीम शाम, ताहिर हुसैन, मोहम्मद हैरिस ।

Post Add 1025X115
Loading...