बंगलादेशसँग ४४ रनकाे हारेपछि नेपाली पुरुष क्रिकेट टिम कास्यका लागि खेल्ने

0

दक्षिण एसियाली खेलकुद सागमा अन्तर्गत पुरुष क्रिकेटमा नेपाल बंगलादेशसँग ४४ रनले पराजित भएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय १५५ रन बनायो ।

सुरुवात राम्रो गर्न नसकेको बंगलादेशले १६ रनमा तीन विकेट गुमाएको थियो । उसका सुरुवाती तीनै खेलाडीलाई पूर्व कप्तान पारस खड्काले आउट गरेका थिए । जसमा ओपनर मोहम्मद नइमलाई ६, सौम्य सरकारलाई पनि ६ तथा सेइफ हसनलाई खाता खोल्न नपाउँदै आउट गरे ।

त्यसपछि यासिर अलीलाई १४ रनमा अभिनाश बोहोराले १४ रनमा पेभेलियन फर्काएपछि नेपालले ५९ रनमा चार विकेट लिन सफल भयो ।
तर त्यसपछि कप्तान नाजमुल हसन सान्टो र अफिफ होसेन विच ८६ रनको उत्कृष्ट साझेदारी हुँदा नेपालले बलियो लक्ष्य पायो । जसमा सान्टोले अविजीत ७५ रन बनाए भने हुसेनले पनि ५२ रनको अर्धसतकीय पारी खेले ।

बलिङमा नेपालका लागि पारस खड्काले तीन तथा दिपेन्द्र ऐरीले दुई विकेट लिए । जवाफमा नेपालले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ११ रन बनायो नेपालका दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।

खराव सुरुवात गरेको नेपालले ११ रनमा पहिलो विकेट गुमायो । त्यसपछि १४ रनमा तीन विकेट गुमाएको नेपालले ६६ रन बनाउँदा पाँच विकेट खेर फाल्यो । नेपालका पारस खड्का नौ रनमा आउट भए भने पवन सराफले खाता खोल्न सकेनन् । यस्तै आरिफ शेखपनि खाता खोल्न सकेनन् । त्यसपछि दिपेन्द्र ऐरी मात्र १६ रनमा पेभेलियन फर्किएपछि नेपालले चौथो विकेट गुमायो ।

कमजोर ब्याटिङ गरेको नेपालका रोहित पौडेल ८ तथा विनोद भण्डारी तीन रनमा पेभेलियन फर्किदा नेपालले ७५ रनमा ६ विकेट गुमायो ।

त्यसपछि नेपालका खेलाडी विच राम्रो साझेदारी हुन सकेन । जसका कारण नेपाल सस्तैमा आउट भयो । नेपालका कप्तान ज्ञानेन्द्र मल्लले ४३ रन बनाउँदा अरु खेलाडी एकोहोरो रुपमा आउट भए । यो हारले नेपालले कास्य पदकका लागि खेल्ने छ ।

Post Add 1025X115
Loading...