८०० मिटर दौडमा साेमले जिते काश्य

0

नेपालका सोम बहादुर कुमालले पुरुष ८०० मिटर दौडमा कास्यपदक जितेका छन् ।

त्रिपरेश्वरस्थित दशरथ रंगशालाको ट्रयाकमा भएको स्पर्धामा सोमले कास्य पदक जिते । उनले निर्धारित दुरी १ मिनेट ५१ दशमलव ४४ सेकेन्डमा पुरा गरे ।

श्रीलंकाका मार्सेल इन्डोनियलले १ मिनेट ५० दशमलव ५२ सेकेन्डमा पुरा गर्दै स्वर्णपदक जिते । भारतका १ मिनेट ५१ दशमलव २५ सेकेन्डमा पुरा गर्दै रजतपदक जिते ।

यससँगै नेपालले एथ्लेटिक्समा ७ पदक जित्न सफल भएको छ। जसमा ३ स्वर्ण, १ रजत र ३ कास्य जित्न सफल भएको छ।

Post Add 1025X115
Loading...