माल्दिभ्समाथि १० विकेटकाे जित निकाल्दै नेपाली महिला क्रिकेट टिमले काश्य जित्याे

0

दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला क्रिकेटमा नेपालले काश्य पदक जितेको छ । माल्दिभ्सलाई १० विकेटले हराउँदै नेपालले काश्य हात पार्यो ।

पोखरा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको माल्दिभ्स ११ ओभर तीन बलमा ८ रनमा अलआउट भयो । उसका नौ खेलाडीले खाता खोल्न सकेनन् । विश्व क्रिकेटमा यति धेरै खेलाडीले खाता नखोलेको दोस्रो पटक हो । उसका आइमा एइसहातले मात्र एक रन बनाइन ।

महिला टी २० क्रिकेटमा माल्दिभ्सको यो दोस्रो तल्लो स्कोर हो । यसअघि माल्दिभ्स बंगलादेशसँगपनि ६ रनमा अलआउट भएको थियो । जुन विश्व कीर्तिमान थियो ।

बलिङ नेपालका लागि अञ्जली चन्दले चार विकेट लिइन । उनले चार ओभरमा तीन मेडेन राखेर एक रन दिएर चार विकेट लिइन । यस्तै रुविना क्षेत्री र सिता रानामगरले दुई दुई विकेट लिए ।

जवाफमा नेपालले एक ओभर एक बलमा विना विकेटको क्षतीमा पुरा गर्यो ।

Post Add 1025X115
Loading...