पुष्पाकाे कीर्तिमान सहित रजत

0

नेपालकी पुष्पा भण्डारीले म्याराथनमा राष्ट्रिय कीर्तिमानसहित रजतपदक जितेकी छन् । पुष्पाले कान्छीमाया कोजुको कीर्तिमानलाई भंग गर्दै शनिबार रजतपदक जितेकी हुन् ।

पुष्पाले कान्छीमायाले २०१६ मा राखेको २ घन्टा ५५ मिनेट ५७ सेकेन्डको कीर्तिमान भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन् । पुष्पाले शनिबार निर्धारित दुरी ४२ किलोमिटरकाे दुरी २ घन्टा ५० मिनेट ११ सेकेन्डमा पुरा गर्दै नयाँ कीर्तिमान बनाइन् । स्वर्ण पदक विजेता श्रीलंकाकी हिरुनी केसाले निर्धारित दूरी २ घण्टा ४१ मिनेट २४ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितिन् ।

भारतकी ज्योति गावतले २ घन्टा ५२ मिनेट ४४ सेकेन्डमा पुरा गर्दै कास्य जितिन् । पुरुषतर्फ किरण सिंह बोगटीले स्वर्ण जितेका थिए । यससँगै नेपालले एथ्लेटिक्समा ३ स्वर्ण पदक र दुई रजत जितेको छ ।

Post Add 1025X115
Loading...