माल्दिभ्सकाे अर्काे कीर्तिमानी कम स्काेर, नेपालले पायाे मात्र ९ रनकाे लक्ष्य

0

दक्षिण एसियाली खेलकुद साग अन्तर्गत तेस्रो स्थानका लागि भइहरेको खेलमा नेपाली महिला क्रिकेट टिमले माल्दिभ्सबाट मात्र नौ रनको लक्ष्य पाएको छ ।

पोखरा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको माल्दिभ्स ११ ओभर तीन बलमा ८ रनमा अलआउट भयो ।

उसका नौ खेलाडीले खाता खोल्न सकेनन् । विश्व क्रिकेटमा यति धेरै खेलाडीले खाता नखोलेको दाेस्राे पटक हो । उसका आइमा एइसहातले मात्र एक रन बनाइन ।

महिला टी २० क्रिकेटमा माल्दिभ्सको यो दोस्रो तल्लो स्कोर हो । यसअघि माल्दिभ्स बंगलादेशसँगपनि ६ रनमा अलआउट भएको थियो । जुन विश्व कीर्तिमान थियो । एकै प्रतियाेगितामा २ खेलमा कम स्काेरमा समेटिने माल्दिभ्स पहिलाे टिम बनेकाे छ।

बलिङ नेपालका लागि अञ्जली चन्दले चार विकेट लिइन । उनले चार ओभरमा तीन मेडेन राखेर एक रन दिएर चार विकेट लिइन । यस्तै रुविना क्षेत्री र सिता रानामगरले दुई दुई विकेट लिए ।

Post Add 1025X115
Loading...