म्याराथनमा नेपालका किरणलाई स्वर्ण

0

१३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत म्यारथानमा नेपालले स्वर्ण पदक जितेको छ । ४२ किलोमिटर म्यारथनमा नेपालका किरणसिंह बोगटीले स्वर्ण पदक दिलाएका हुन् । उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरे ।

१९९५ को साग पछि म्यारथनमा नेपालले पहिलो पटक स्वर्ण पदक जितेको हो । १९९५ टीका बोगटीले स्वर्ण पदक जितेका थिए । २०१० मा राजेन्द्र भण्डारीले जिते पनि डोपिङका कारण उनको पदक खोसिएको थियो ।

भारतीय खेलाडीले रास्पाल सिंह २ घन्टा २१ मिनेट ५७ सेकेन्डमा निर्धारित दूरी पूरा गरी रजत जिते । अर्का भारतीय खेलाडीले श्री सिंह २ घन्टा २२ मिनेट ७ सेकेन्डमा पूरा गरी कांस्य पदक जितेका छन् । नेपालका हाेमलाल श्रेष्ठले २ घण्टा २४ मिनेट ३१ सेकेन्डमा दाैड पूरा गरी चाैथाे भए ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्‍गशालाबाट सुरु भएको म्याराथन कलङ्‍की, सातदाेबाटाे, काेटेश्वर, सूर्यविनायक हुँदै पुन: काेटेश्वर, बानेश्वर, माइतीघर मण्डला, भद्रकाली, सहिदगेट, रत्नपार्क, लैनचाैर, गैरीधारा (उत्तर ढोका), नागपोखरी, जयनेपाल हल, दरबारमार्ग, घण्टाघर, भद्रकाली, सहिदगेटहुँदै दशरथ रङ्‍गशालामै आएर टुङ्‍गिएको थियाे।

Post Add 1025X115
Loading...