पीएसएलकाे शिर्ष ३ श्रेणीकाे ड्राफ्ट सकिदा सन्दिप बिक्रि भएनन् !

0

पाकिस्तान सुपर लिगमा नेपाली खेलाडी सन्दिप लामिछाने याे सिजनमा नाम दर्ता गरेकाे श्रेणीमा विक्रि भएनन् ।

लगातार दोस्रो सिजन पीएसल खेल्ने सोचेका सन्दिपले आफ्नो नाम प्लाटिनम श्रेणीमा दर्ता गराएका थिए । सो श्रेणीमा उनी बिक्रि नभएपछि डाइमण्ड श्रेणीमा हुने अपेक्षा गरिएको थियो ।

तर सो श्रेणीमा पनि उनी बिक्रि भएनन् । त्यसपछि गोल्ड श्रेणीमा पनि उनको नाम अगाडी आएन । अघिल्लो सिजन लाहोर कलन्दर्सबाट खेलेका थिए । जसमा उनले आफ्नो प्रदर्शनले सबैलाई प्रभावित पारेका थिए ।

प्लाटिनम क्याटोगोरीमा रहेका खेलाडीले एक लाख ४७ हजार देखि दुई लाख १८ हजार डलरसम्म पाउनेछन । यस्तै डाइमण्ड श्रेणीमा विक्रि भएका खेलाडीले ७३ हजार देखि एक लाख तीन हजार डलर पाउनेछन । सन्दिप अघिल्लो सिजन लाहोरले उनलाई ५० हजार अमेरीकी डलरमा खरिद गरेको थियो ।

सन्दिप अघिल्लो महिनामात्र बेलायतमा हुने हन्ड्रेड बल क्रिकेट प्रतियोगितामा छनोट भएका थिए ।

Post Add 1025X115
Loading...