१३औँ सागः टेनिस क्वार्टरफाइनलमा नेपालको खराब प्रदर्शन

0

१३ औ दक्षिण एसियाली खेलकुद अन्तर्गत टेनिसतर्फ क्वार्टरफाइनमा नेपालले खराब प्रदर्शन गरेको छ ।

पुरुष सिंगल्समा प्रणव खनाल र संरक्षक बज्राचार्य क्वार्टर फाइनलबाटै बाहिरिए । प्रणव पाकिस्तानका खेलाडी मुजम्मिल मुर्ताजासँग ६–० र ६–१ को सोझो सेटमै पराजित भए । अर्को क्वार्टर फाइनलमा संरक्षक बज्राचार्य भारतका मनिष सुरेस कुमारसँग ६–० र ६–० कै सेटमा हार्न पुगे ।

महिला सिंगल्सतर्फ प्रेरणा कोइराला भने सेमिफाइनलमा पुगेकी छिन् । क्वार्टर फाइनलमा उनले माल्दिभ्सकी जिना अब्दुल रसिदलाई ७–५ र ६–१ ले हराइन् । सेमिफाइनलमा पुगेसँगै सिंगल्समा एउटा कास्य पदक पक्का भएको छ ।

यसअघि टिम इभेन्टमा नेपालले पुरुष र महिला दुबै तर्फ कास्य पदक जितेको थियो । महिला सिंगल्सकै अर्को खेलमा सलोनी तामाङ भारतकी सौजन्या भाबिसेटीसँग ६–२ र ६–२ ले पराजित भइन् ।

Post Add 1025X115
Loading...