एथ्लेटिक्समा स्वर्ण विजेता खेलाडीलाई अध्यक्ष शाहले जनही एक एक लाख रुपैयाँ दिने

0

नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहले दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही एक एक लाख रुपैयाँ दिने घोषणा गरेका छ ।

सागमा एथ्लेटिक्समा नेपालले दुई स्वर्ण जितेको छ । जसमा १० हजार मिटरमा महिला तर्फ सन्तोषी श्रेष्ठले स्वर्ण जितेकी थिइन । यस्तै पाँच हजार मिटरमा पुरुष तर्फ गोपीचन्द्र पार्कीले स्वर्ण जितेका छन ।

आज पार्कीले स्वर्ण जितेपछि एथ्लेटिक्सका अध्यक्ष शाहले स्वर्ण विजेता खेलाडीलाई एक एक लाख रुपैयाँ दिने बताए ।

Post Add 1025X115
Loading...