टेबलटेनिसमा स्यान्टु र पुरूषाेत्तमले काश्य जिते

0

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत टेबलटेनिसको पुरुष सिंगल्समा नेपालका स्यान्टु श्रेष्ठ र पुरुषोत्तम बज्राचार्य कास्य पदकमा जितेका छन ।

लैनचौरस्थित टेबलटेनिस हलमा भएकाे सेमिफाइनलमा पराजित भएपछि स्यान्टु र पुरुषोत्तमले कास्यमा चित्त बुझाएका हुन् । सागमा पुरूष एकल बिधामा २ खेलाडीले पदक जितेकाे याे पहिलाे पटक हाे ।  यसअघि नेपालले पुरुष सिंगल्समा कास्य जितेको थिएन ।

सेमिफाइनलमा स्यान्टु भारतका अमलराज एन्थोनिसँग ११-४,१२-१०,११-८ र ११-२ ले हराए । यस्तै पुरुषोत्तम बज्राचार्य भारतका हर्मित देशाईसँग ११-५,११-४,११-१ र ११-४ को हार व्यहोरे ।

Post Add 1025X115
Loading...