बिच भलिबलमा नेपालको निराशजनक प्रदर्शन

0

पोखरा, १९ मंसिर । दक्षिण एसियाली खेलकुद (साग) मा पहिलोपल्ट समेटिएको बिच भलिबलमा नेपालले निराशाजनक प्रदर्शन गरेको छ । १३ औं साग अन्तर्गत बिहीबारदेखि लेकसाइडमा सुरु भएको बिच भलिबलमा पुरुषको २ र महिलाको २ टिमले पहिलो खेलमै पराजय ब्यहोरेका हुन् ।

नेपालको तर्फबाट बाराहीघाट मैदानमा पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिल सुनार, राजु विक र सञ्जु शाह, महिलातर्फ विनिता बुढाथोकी र नेविका चौधरी, कोपिता उप्रेती र मनीषा चौधरीको जोडी प्रतिस्पर्धामा उत्रिए ।

पहिलो खेलमा नेपालको मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडी पाकिस्तानको जस्नव खान र अफाख खानको जोडीस“ग २५–२३, २१–२३ र १२–१५ को सेटमा पराजित हुनुपर्‍यो ।

बंगलादेश शेख मोहम्मद साने र मोहम्मद इमरान हैदरको जोडी माल्दिभ्सको अब्दुल्ला जायन र अहमद मोहम्मदको जोडीस“ग १८–२१ र १६–२१ ले पराजित भयो ।

नेपालका राजु विक र सञ्जु शाहको जोडी पाकिस्तानका मोहम्मद रज्जाक र वसिन मोहम्मदको जोडीस“ग १४–२१ र १५–२१ को हार ब्यहो¥यो ।

बंगलादेशको मोहम्मद मोनर हुसैन र मोहम्मद शाहजहा“ अलिको जोडीले माल्दिभ्सका एडम नसिम र मोहम्मद अलिको जोडीलाई १७–२१, २१–१८ र १५–१२ को सेटमा पाखा लगायो ।

पाकिस्तानको जस्नव खान र अफाख खानको जोडीले बंगलादेशको शेख मोहम्मद साने र मोहम्मद इमरान हैदरको जोडीलाई २१–१९ र २१–१६ को सेटमा सहजै जित्यो ।

श्रीलंकाका इन्डिका तिरोन र जयन सनुजाको जोडीले नेपालका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीलाई २१–१६ र २१–१८ मा समेट्दै जित हात पा¥यो ।

पाकिस्तानका मोहम्मद रज्जाक र वसिन मोहम्मदको जोडीले बंगलादेशको मोहम्म्द मोनिर हुसैन र मोहम्मद शाहजहा“ अलिको जोडीलाई १८–२१, २१–१८ र १५–१० को सेटमा पराजित ग¥यो ।

श्रीलंकाका प्रदिप आशंका र असिन कुमाराले नेपालका राजु विक र सञ्जु शाहको जोडीलाई २१–९ र २१–११ मा सहजै पखा लगायो ।

Post Add 1025X115
Loading...