उसुमा जुनी राइले जितिन स्वर्ण

0

१३ औं दक्षिण एसियाली खेलकुदमा अन्तर्गत उसुमा नेपालकी निमा घर्ति मगर र जुनी राइले स्वर्ण जिते ।

लगनखेलस्थित आर्मीको कभर्डहलमा थाउलोको महिला नान्दोमा कुल १८ दशमलव ९१ अंक जोडेर स्वर्ण जितेकी हुन् । बंगलादेशकी मार्जिना अख्तेरले १६ दशमलव ३० अंक ल्याउँदै रजत जितिन । तेस्रो स्थानमा श्रीलंकाकी सञ्जु कुमारी रहिन उनले १४ दशमलव सात चार अंक ल्याइन ।

निमाले सागमा लगातार दोस्रो पटक स्वर्ण जितेकी हुन् । सन् २०१६ मा भारतमा भएको सागमा पनि निमाले स्वर्ण जितेकी थिइन् । जुन नेपालका लागि पहिलो स्वर्ण थियो । सो बेला नेपालले ३ स्वर्ण जित्दा निमाको नाममा एउटा रहेको थियो ।

यस्तै ५६ केजीमा सान्सौमा जुनी राईले स्वर्ण श्रीलंकाकी डब्लु पीएमएम मधुमलीलाई हरायो ।

उसुको पुरुष गुन्सु अलराउण्डमा नेपालका विश्व बुढामगर रजतमा सिमित भएका छन । भारतका सुरज सिंहले स्वर्ण जित्दा नेपाल विश्व बुढा रजत सिमित भए । सुरजले १९ दशमलव २२ अंक प्राप्त गरे भने नेपालका विश्व बुढामगरले १९ दशमलव १३ अंक प्राप्त गरे । बंगलादेशका मोहम्मद रसेल हुसनेले काश्य जिते । उनले १८ दशमलव ६८ अंक प्राप्त गरे ।

Post Add 1025X115
Loading...