५० मिटर राइफल थ्री पोजिसन महिलामा पनि भारतलाई स्वर्ण

0

काठमाडौैं, १९ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत सुटिङमा भारतले ५० मिटर राइफल थ्री पोजिसन महिलामा पनि स्वर्ण पदक जितेको छ । यस्तै टिम इभेन्टमा पनि भारतलनै स्वर्ण पदक कव्जा जमाउन सफल भयो ।

भारतकी सुनिधि चौहान, काजल सैनी र गायत्री निथ्यानन्दमको समूहले ३५०४ अंकसहित स्वर्ण पदक जितेको हो । यसैगरी बंगलादेशको टिमले रजत पदक जित्न सफल भयो । बंगलादेशका उमि जकिया सुल्ताना,सायद अटिका हसनले ३३९८ अंकसहित रजत पदक जितेको हो ।

यसैगरी श्रीलंकाका इडवेला मलवादम, प्रियानाथ कापुगेडरा र कभान्डिका कंकागीको समूहले ३३८२ प्वाइन्टका साथ कास्य पदक जितेको थियो ।
व्यक्तिगत स्पर्धामा भारतकै तीन जना महिला खेलाडीले बाजी मारे । गायत्री निथ्यानन्दमले ४५३.९ अंकका साथ स्वर्ण पदक जित्दा सुनिधि चौहानले ४५० अंकका साथ रजत र भारतकै काजल सैनीले ४३६ अंकका साथ कास्य पदक हात पारिन ।

Post Add 1025X115
Loading...