साग महिला फुटबलः नेपाल फाइनलमा, उपाधि भिडन्त फेरी भारतसँग

0

नेपाली फुटबल टोली १३ औं दक्षिण एसियाली खेलकुदको महिला फुटबलको फाइनलमा पुगेको छ । अब उपाधिका लागि नेपालले भारतसँग खेल्ने भएकाे छ ।

नेपालले पाेखरा रंगशालामा भएकाे खेलमा सावित्रा भण्डारीकाे ह्याट्रिकमा माल्दिभ्सलाई ३–० ले हरायाे । याे जितपछि नेपाल लगातार तेस्रो पटक साग महिला फुटबलको फाइनलमा पुगेकाे छ ।

खेलकाे १८ औं मिनेटमा पहिलाे गाेल गर्दै सावित्राले अनु लामाकाे सर्वाधिक गाेलकाे रेकर्डलाइ ताेडेकी थिइन । त्यसपछि उनैले २२ औं मिनेटमा दोस्रो गोल गर्दै नेपालकाे अग्रता २-० मा पुर्याइन ।

पहिलाे हाफमा २ गाेलकाे अग्रता बनाएकाे नेपालले दाेस्राे हाफमा एक गाेल थप्याे । सावित्राले इन्जुरी समयको पहिलो मिनेटमा पेनाल्टी गोल गर्दै ह्याट्रिक पुरा गरिन भने टिमलाइ तीन शुन्यकाे जित दिलाइन ।

भारतले यसअघि नै फाइनलमा स्थान पक्का गरिसकेको छ । तेस्रो पटक नै नेपाल र भारतबीच साग महिला फुटबलको फाइनल हुने भएको छ । यसअघि सन् २०१० र २०१६ मा यी दुई टोली नै फाइनलमा भेट भएको थियो ।

Post Add 1025X115
Loading...