माल्दिभ्सलाई दुई एकले स्तब्ध बनाएकाे भुटान फाइनल नजिक

0

दक्षिण एसियाली खेलकुद सागमा भुटानले दोस्रो जित निकालेको छ । माल्दिभ्सलाई दुई एकले स्तब्ध बनाएको भुटान यो जितले फाइनल नजिक पुगेको छ ।

दशरथ रंगशालामा भएको खेलमा भुटानको जितमा छिमी दोर्जी र फुब थिन्लेले एक एक गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा भुटानले उत्कृष्ट प्रदर्शन गर्यो ।

खेलको ५५ औं मिनेटमा छिमीको गोलमा भुटानले अग्रता बनायो । त्यसपछि ८४ औं मिनेटमा फुबको गोलमा भुटानले अन्तर दुई शुन्यमा पुर्यायो ।
खेलको ९७ औं मिनेटमा माल्दिभ्सका हज्मा मोहम्मदले गोल गर्दै अन्तर कम गरेपनि हार टार्न सकेनने ।

यो जितले भुटानले अंक तालिकामा ६ अंक बनाएको छ । नेपालको चार अंक छ भने माल्दिभ्स र श्रीलंकाको दुर्ई दुई अंक छ । भुटानले यसअघि बंगलादेशसँग एक शुन्यको जित निकालेको थियो भने नेपालसँग चार शुन्यले पराजित भएको थियो ।

Post Add 1025X115
Loading...