आठौं सागमा जितेको जति जारी सागमा जित्यो स्वर्ण नेपालले

0

नेपालले आठौं दक्षिण एसियाली खेलकुद सागमा जितेको स्वर्णसंख्या जारी सागमा बराबरी गरेको हो । १९८४ देखि शुरु भएको साग गेम्समा नेपालले त्यतिबेला ४ स्वर्ण पदक जितेको थियो ।

त्यसपछिका संस्करणमा आशातित सफलता हात पार्न नसकेको नेपालले घरेलु मैदानमा आयोजना गरेको आठौं साग गेम्समा ३१ स्वर्ण पदक जित्दै तालिकामा दोस्रो स्थानमा रहेको थियो । जारी सागमा लगातार स्वर्ण पदक जिति रहेको नेपालले आठौं सागमा हात पारेको स्वर्णको संख्या ३१ लाई बराबरी गरेको हो ।

पहिलो दिन १५ स्वर्ण पदक जितेको नेपालले दोस्रो दिन ८ स्वर्ण जितेको थियो । तेस्रो दिन ६ स्वर्ण जितेको थियो । साग अन्तर्गत आज चौथो दिन उसुमा निमा घर्तिमगरले जित्दै स्वर्ण संख्या ३० बनाएकी थिइन् । यसैगरी साईक्लिङमा लक्ष्मी मगरले स्वर्ण जितेपछि संख्या बराबरी भएको हो । जारी सागमा नेपालले कम्तिमा ५० स्वर्ण पदक जित्ने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले दावी गर्दै आएका छन् ।

Post Add 1025X115
Loading...