साग महिला क्रिकेटः नेपाल बंगलादेशसँग १० विकेटले पराजित

0

साग महिला क्रिकेटमा नेपाल बंगलादेशसँग १० विकेटले पराजित भएको छ । पोखरा रंगशालामा भएको खेलमा नेपाली महिला टिमको खराव ब्याटिङका कारण नेपालले पहिलो हार ब्यहोर्यो ।

पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली महिला टिम १९ ओभर दुई बलमा ५० रनमा अलआउट भयो ।

नेपालका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके भने चार खेलाडीले खाता खोल्न सकेनन् । टिमका खेलाडी विच राम्रो साझेदारी हुन सकेन । स्कोरबोर्डमा एक रन पनि नहुँदा पहिलो विकेट गुमाएको नेपालले सात रन हुँदा दोस्रो विकेट खेर फाल्यो । त्यसपछि २७ रनमा बनाउँदा तेस्रो विकेट गुमाएको नेपालले ४३ रन बनाउँदा पाँच विकेट खेर फाल्यो ।

नेपालका लागि ओपनर काजल श्रेष्ठले खाता खोल्न सकिनन् भने सिता रानामगरले तीन तथा सोनु खड्काले १२ रन बनाइन । यस्तै रुविना क्षेत्रीले १३ रन बनाउँदा ममता चौधरी मात्र एक रनमा पेभेलियन फर्किइन ।

त्यसपछि पनि नेपालको विकेट झर्ने क्रम यतिमा रोकिएन । नेपाल तीन खेलाडी खाता खोल्न पाएनन् ।

जवाफमा बंगलादेशले विना विकेटको क्षतीमा सात ओभर एक बलमा लक्ष्य पुरा गर्यो । बंगलादेशको जितमा आयशा रहमानले २६ तथा मुर्सिदा खातुनले २३ रन बनाइन ।

Post Add 1025X115
Loading...