रङ्गशालाकाे सिट कमजाेर की बिगार्ने बानी नै हाे ?

0

नेपालको एक मात्र अन्तराष्ट्रिय स्तरको दशरथ रंगशाला भुकम्पपछि पुर्न निर्माण गर्न करिव चार बर्ष लाग्यो । चार बर्षसम्म कुनैपनि प्रतियोगिता नभएको रंगशाला हाल चलिरहेको दक्षिण एसियाली खेलकुद सागका लागि हतार हतार भएपनि तयार पारियो । रंगशालामा नयाँ सिट नयाँ लाइट, नयाँ साउण्ड सिस्टम र नयाँ डिस्प्ले राखियो ।

हुनपनि साच्चिकै अन्तराष्ट्रिय स्तरको देखिएको रंगशालामा साग अन्तर्गत भुटान विरुद्धको खेल भयो । लामो समयमा पछि नेपाली टिमले रंगशालामा खेलेको हेर्न दर्शकको राम्रै भिड पनि लाग्यो । नयाँ राखिएको सिटमा दर्शकले आरामदायी किसिमले खेल त हेरे । तर खेलपछि साधारण प्याराफिटको सिटहरु निकै फोहोर मात्र होइन कतैकतै भाचिएको देखिए । यतिमात्र होइन, खेल सकिएपछि दर्शकहरु बाहिर निस्कदा सिटमाथि नै चडेर हिडेका थिए ।

साग भन्दा अगाडी राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवले रंगशालामा राखिएको सिट तोडफोड भएमा जसले भाँचेको हो त्यसैले तिर्ने बताएका थिए । अब यसकाे हर्जाना कसरी निकाल्ने ? तर रंगशालामा खेल भएको दोस्रो दिन नै रंगशालामा राखिएको केहि सिटहरु भाँचिएका छन । यतिमात्र होइन सिटको माथि उक्लिएर फोटो र भिडियो खिचेर फाहोर पार्ने कामलाई कसरी रोक्ने यो ठुलो चुनौती छ ।

सोसियल मिडियामा फोटो राख्न, आफ्नो वालमा फोटो राख्न नेपाली दर्शकहरु कसरी राम्रो फोटो निकाल्ने भनेर सिटमा चडेर फोटो लिने, नेपालले खेलकोे फोटो भिडियो लिन कसरी अग्लो भइन्छ र सजिलो हुन्छ भनेर सिटमा चड्ने प्रवृती सायदै हट्ला ।

कुनैपनि कुराको ख्याल गर्न सुरक्षाकर्मी नै पछाडी लगाउनु पर्ने, केहि गरेमा नगर भन्न पनि कतिसम्म लगाउने । यो त हामीसबैको दायत्वि हो, भएको कुरालाई स्याहार गर्ने । तर विडम्बना रंगशालामा देखिएका सिनहरु भने नेपालीहरु त्यसको कुनै वास्ता गर्दैनन् भन्ने देखियो ।

रंगशालमा साधारण प्याराफिटमा जतिपनि कुर्सी राखिएका छन, ती कमसल भने पक्कैछन । ती सिटहरुको आयू लामा छैन भन्ने कुर्सी राखेको तरिकाले पनि थाहा हुन्छ । तर खेल हेर्न गएको पहिलो दिन देखिनै कुर्सी भाँचिएको देखिनु पक्कैपनि निकै दुःख लाग्दो कुरा हो ।

भएका पुर्वाधारको स्याहारका लागि जिम्मेवार निकायलाई भन्दापनि आफैले गर्ने की ।

हामीले खेल हेरेपछि आफुले गरेको फोहोरलाई टिपेर चर्चा पाएको धेरै समाचारहरु सुनेका छौ । यो प्रवृती नेपालमा पनि भित्रिसकिएको छ । कीर्तिपुर मैदानमा पनि दर्शकले नै खेल हेरेर फर्किदाँ फोहोरलाई ब्यवस्थापन गरेर चर्चा कमाएका थिए । अब त्यसलाई रंगशालामा गर्दा कसो होला ?

Post Add 1025X115
Loading...