नेपालकाे हारकाे नैतिक जिम्मेवारी आफुले लिन्छु- प्रशिक्षक भट्ट

0

नेपाली राष्ट्रिय महिला भलिबल टोलीका प्रशिक्षक जगदीश भट्टले स्वर्ण पदकनजिक पुगेर पनि गुमाउनुपर्दा दु:ख लागेको बताएका छन्।

नेप्लेजसँगकाे कुराकानीमा उनले सागकाे स्वर्ण हातैमा आइसकेकाे अवस्थामा पनि खाेसिदा निकै दुख लागेकाे धारणा राखे । उनले चौथो सेट आफ्नो पोल्टामा परिसकेको अवस्थामा पनि अंक थप्‍न नसक्दा नतिजा भारतको पक्षमा पुगेको उनको प्रतिक्रिया छ।

‘१९-१७ अंक दूरीको अवस्थामा पुगेर पनि चारवटा सर्भिस मिस गर्न पुग्यौँ, दुईवटा सहज बललाई सदुपयोग गर्न सकेनौँ, समन्वय हुन सकेन’, उनले भने । यसका साथै उनले ‘हातमा आइसकेको चौथो सेट गुमाएपछि खेलाडीमा गर्न सक्दैनौँ भने पर्‍यो, मैले धेरै कोसिस गरे खेलाडीलाई माथि ल्याउन तर सकिनँ र हार्यौं।’

यसका साथै उनले राज्यलाई गोल्ड मेडल दिलाउने वाचा पूरा गर्न नसकेकोमा माफी मागे। उनले भने ‘फाइनलमा पुगेर जुन हार भयो, त्यो नबिर्सने क्षण भयो’ भट्टले भने ।

यस्तै, नेपाली महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले सागमा स्वर्ण पदक दिलाउन नसकेको दु:ख लागेको बताइन्। तर सेन्ट्रल जोनमा जितेको स्वर्णभन्दा सागमा जितेको रजतले धेरै गर्वान्वित बनाएको उनको तर्क छ।

‘हार्दा दु:ख लाग्यो, तर भारतलाई कडा टक्कर दिन सक्यौं। यसमा खुसी छु’ शाहीले भनिन्, ‘सेन्ट्रल जोनमा कडा प्रतिस्पर्धी थिएनन्। तर सागमा हामीले बलिया प्रतिद्वन्दीहरूलाई टक्कर दिन सक्यौँ, आगामी दिनमा अहिले कमजोरी सुधारेर जान्छौँ।’

नेपालले भारतसँग तीन दुइकाे सेटमा पराजित हुँदा सागकाे स्वर्ण गुमाउन पुग्याे ।

Post Add 1025X115
Loading...