जितमा खुसी भैहाल्ने अवस्था छैन,लक्ष्य उपाधि जित्नु हो – कप्तान सुजल

0

नेपालमा जारि १३आँै दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरूषा फुटबलमा नेपाली टिमले पहिलो खेलमा नै भुटानलाई पराजित गर्दै सुखद शुरुवात गरेको छ ।

घरेलु भूमिमा जारि सागमा नेपालले भुटानलाई ४० ले पराजित गर्दै फराकिलो जित निकालेको हो ।

नेपालका लागि कप्तान सुजल श्रेष्ठले ब्यक्तिगत २ गरे भने मिक्चेन तामा र अभिशेक रिजालले एक एक गोल गर्दै नेपाललाई प्रभावशालि जित निकाले ।

खेलपछि बोल्दै नेपाली टिमका प्रशिक्षक बाल गोपाल महर्जनले खेलाडीहरुले सोचेजस्तै प्रदर्शन गरेको र सबै आफुहरुले गरेको मिहेनतको नतिजा भएको बताए ।

त्यस्तै कप्तान सुजल श्रेष्ठले भने जित भयो भन्दैमा खुसी भैहाल्ने अवस्था नभएको र अझै धेरै खेल खेल्न बाँकि रहेको बताए ।साथै उनले आफुहरुको लक्ष्य फाइनलसम्म पुग्नु रहेको समेत बताए ।

भुटानका प्रशिक्षकले भने अफिसियल रेफ्रीले आफ्नो दायित्व पुर्ण रुपमा निभाउन नसकेको तर्क राख्दै आफ्न खेलाडीहरुले राम्रो खेलेको बताए ।

Post Add 1025X115
Loading...